भारतको केरलामा बाढीको बितण्डा, २६ जनाको मृत्यु, कयौं बेपत्ता

दक्षिणी भारतमा भारी वर्षापछि आएको बाढीले गाउँ र शहरहरु बगाउँदा २६ जनाभन्दा बढीको मृत्यु भएको छ ।

बस्तीहरु नै बगाएकाले कयौं व्यक्ति हराइरहेका छन् । बेपत्ताहरुको सूची लामो भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

मृत्यु हुनेमा ५ जना बालबालिका समेत रहेका छन् । बाढी र पहिरोबाट विशेष गरी केरला राज्य बढी प्रभावित भएको छ ।

केरलाको कोटायाम जिल्लाका कयौं घरहरु बगाएको छ भने कतिपय घर डुवानमा परेका छन् । बाढीग्रस्त क्षेत्रमा घरभित्रै परेकाहरु उद्दारको पर्खाइमा रहेका छन् ।

उद्दार कार्यमा भारतीय सेना समेत सामेल भएको छ । बाढीले बगाएका र ढुवान भएका क्षेत्रमा थुनिएका नागरिकको उद्दारका लागि हेलिकप्टरको प्रयोग गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.