अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड-१९ संक्रमणका कारण निधन

अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको ८४ वर्षको उमेरमा निधन भएको छ । पूर्ण खोप लगाउनु भएका पावेलको कोभिड संक्रमणका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

सन् २००१ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपति बन्नु भएका जर्ज डब्लु बुसको कार्यकालमा पावेल विदेशमन्त्री हुनुहुन्थ्यो ।

पावेलको निधन देशका लागि ठूलो क्षति भएको राष्ट्रपति जो बाइडनले उल्लेख गर्नु भएको छ । पावेलको निधनले देशले एक महान् आदर्श, लडाकु र कुटनीतिज्ञ गुमाएको प्रतिक्रिया राष्ट्रपति बाईडेनको छ ।

पूर्व विदेशमन्त्री पावेलको निधनप्रति पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले पनि दुःख व्यक्त गर्नुभएको छ । पूर्व विदेशमन्त्री पावेल माइलोमा नामक क्यान्सर र पार्किन्सन्स रोगबाट समेत पीडित हुनुहुन्थ्यो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.