चितवनमा पर्यटकहरुको चहलपहलमा बृद्धि

चितवन- तेस्रो गन्तव्यको प्रमुख क्षेत्र चितवनमा पर्यटकहरुको चहलपहल बृध्दि हुँदै गएको छ । कोरोना भाईरसका कारण थलिएको पर्यटन व्यवसाय संक्रमण दर घट्न थालेसँगै पर्यटकहरुको चहलपहल बढेको हो ।

कोरोना भाईरस घट्दै जानु र चाडवाडका कारण पनि चितवनको सौरहामा पर्यटकहरु बृध्दि भएको व्यवसायीहरुले बताएका छन् ।

नेपालीहरुको महान चाड दशैंका बेला सौरहाका ७० देखी ८० प्रतिशत होटलहरु भरिएको क्षेत्रिय होटल संघ सौरहाका अध्यक्ष दिपक भट्टराईले बताउनुभयो ।

लामो समयसम्म बन्द रहेका होटलहरु अहिले सबैजसो संचालनमा आएका छन् । सौरहामा पर्यटक बृद्धि भएपछि होटल रेष्टुरेण्टहरु चल्नुका साथै हात्ति सफारी जीप सफारी जाने पर्यटकहरुको पनि घुँईचो लाग्ने गरेको छ ।

सौरहामा हाल करीब २ सयको हाराहारीमा पर्यटकहरु हात्ति सफारीमा जाने गरेका छन् । चितवनमा हाल अमेरीका, ब्रिटेन, चीन, भारतलगायतका देशबाट समेत पर्यटकहरु आउन थालेको व्यवसायीहरुको भनाइ छ ।

कोरोना भाईरसले नराम्रोसँग थला परेको पर्यटन व्यवसायमा चितवनमा देखिएको पर्यटकको चहलपहलले केही आशा पलाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.