साना कम्युनिष्ट पार्टीसँग एकता पहल गर्दै माओवादी केन्द्र

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रले साना कम्युनिष्ट पार्टीहरुसँग एकता पहल सुरु गरेको छ ।

स्थायी कमिटीको मंगलबार बिहान पेरिसडाँडामा बसेको बैठकले एकता पहललाई अघि बढाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठकमा एकताका लागि गठन गरिएको कार्यदलले ४५ वटा साना कम्युनिष्ट पार्टीहरुसँग भएको छलफललाई अनुमोदन गरेको छ ।

बैठकले राष्ट्रिय सम्मेलनलाई यथावत् राख्दै सदस्यता नवीकरण, टोल, वडा, पालिका र प्रदेश सम्मेलनको मिति हेरफेर गरेको छ ।

माओवादी केन्द्रले लेखा समितिको जिम्मा पेसलकुमार पोखरेल र अनुशासन आयोगको जिम्मा टंक राईलाई दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.