सर्वोच्च अदालतका १४ जना न्यायाधीश छलफलमा

काठमाडौं- सर्वोच्च अदालतका १४ न्यायाधीशहरुबीचको छलफल आज पनि जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कदमलाई लिएर असन्तुष्ट बनेका सर्वोच्चका १४ न्यायाधीशको बैठक बसिरहेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

आइतबार प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा आज ‘फुलकोर्ट’ बोलाउनुभएको थियो । तर न्यायाधीशहरुको छलफलपछि मात्र ‘फुलकोर्ट’ बैठक बस्ने  वा नबस्ने भन्ने विषयमा थप निर्णय हुने बताइएको छ ।

प्रधानन्यायाधीश जबराले एजेण्डामा छलफल नै नगरी नेपाल बार एशोसिएसनका पदाधिकारीलाई आमन्त्रण गरेर बैठक बोलाएपछि १४ जना न्यायाधीशहरू असन्तुष्ट बन्नुभएकाे थियाे ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.