पाँचथर बस दुर्घटना अपडेट : घाइते भएका चार जनाको मृत्यु

पाँचथर- पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ४ को थाक्लेमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने बसमा सवार ३७ जना गम्भीर घाइते भएका छन् ।

दुई जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा मृत्यु भएपनि मृतकको वारेमा अझै आधिकारिक जानकारी दिइनसकेको हाम्रा समाचादाता विजयवोध लावतीले जानकारी दिनु भएको छ ।

आज बिहान ११ बजे फिदिम बजारबाट निबु खोलामा यात्रु लिन गएको मे १ ख ३८६५ नम्बरको बस सडकबाट पचास मिटर तल खसेर दुर्घटना हुदा सो हताहती भएको हो ।

घाइतेहरुलाई उपचारको लागि पाँचथर जिल्ला अस्पतालमा लगिएको प्रहरी नायब निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो । बसमा ६४ जना यात्रु सवार रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.