दुवै डोज खोप लगाएकाहरुले संक्रमण सार्ने सम्भावना ३८ प्रतिशत बढी

बेलायतमा गरिएको एक अध्ययनले कोरोना विरुद्धको दुई डोज खोप लगाएकाहरुले नलगाएकोहरुको तुलनामा निकै छिटो संक्रमण बोक्ने र सार्ने सम्भावना रहेको देखाएको छ ।

बेलायतमा पछिल्लो समय बढ्दो संक्रमण बारे केही घर परिवारमा गरिएको अध्ययनबाट यस्तो नतिजा आएको हो ।

कोरोना विरुद्धको खोपका दुबै डोज खोप लगाएकाहरुले सामान्य लक्षणमा पनि खोप नलगाएका घरका अन्य सदस्यमा ३८ प्रतिशत रोग सार्ने सम्भावना रहेको पाइएको छ ।

खोप लगाएकाहरुले पाँच मध्ये दुई जनालाई रोग सार्ने सम्भावना रहेको अध्ययनले देखाएको हो । एउटै परिवारमा खोप लगाउने र नलगाउने व्यक्ति सँगै रहँदा संक्रमणको जोखिम बढेको छ ।

त्यसैले परिवारका सदस्य सबैले खोप लगाउनमा जोड दिइएको छ । साथै खोप लगाउने उमेर नपुगेका विशेष गरी बालबालिकालाई संक्रमणको जोखिमबाट जोगाउनु पर्ने दायित्व परिवारका सदस्यहरुमा रहेको छ ।

बेलायतमा कोरोनाको डेल्टा भेरियन्टका कारण संक्रमण द्रुत गतिमा बढेको छ । कोभिड विरुद्धको खोपले विरामी बनाउने दर र मृत्युदरमा निकै कमी आएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.