नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफ विवाह बन्धनमा

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई बर्मिंङहममा आयोजित इस्लामिक समारोहमा आफ्ना प्रेमी असर मल्लिकसँग विवाह बन्धनमा बाँधिएकी छन् ।

२४ वर्षीया मलालाले हिजो निकाह गरेकी हुन् । महिला तथा बालिका अधिकारकर्मी मलालाले निकाह जीवनकै महत्वपूर्ण दिन भएको बताएकी छन् ।

सन् २०१२ मा तालिवानले टाउकोमा गोली हानेपछि वेस्स मिडल्याण्डमा शरण लिएकी लिएकी थिइन् । मलालाले ट्वीट गर्दै असरसँग आफूले जीवन साथीका रुपमा बाँधिएको बताएकी छन् । बालिका शिक्षाका बारेमा वकालत गरेको भन्दै मलाला अझै पनि तालिवानको निसानामा रहेकी छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.