खेलकुद मन्त्रीद्वारा नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालिम केन्द्रको अनुगमन

काठमाडौं– युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालिम केन्द्रको अनुगमन गर्नुभएको छ ।
नेपाल स्काउटको प्रमुख स्काउट समेत रहनुभएका मन्त्री अथकले बिहीबार नुवाकोटको ककनीमा रहेको तालिम केन्द्रको स्थलगत निरीक्षण गर्नुभएको हो । बुधबार बेलुका ककनी पुग्नुभएका मन्त्री अथकलाई नेपाल स्काउटका कार्यकारी निर्देशक रामप्रसाद भट्टराई, देवराज घिमिरे लगायतको स्वागत गर्नुभएको थियो ।
मन्त्री अथकले स्काउट तालिममा सहभागी ७ प्रदेशका स्काउटहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । उहाँले नेपाल स्काउटलाई विश्वकै उत्कृष्ट स्काउटका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।
युवाहरुलाई नैतिक शिक्षा, अनुशासन र राष्ट्रप्रेम सिकाउने संस्थाको रुपमा रहेको नेपाल स्काउटमा राजनीतिक हस्तक्षेप नहोस् भन्नेमा आफू दृढ रहेको बताउँदै मन्त्री अथकले राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा पहिचान बोकेको संस्थालाई अगाडि बढाउन सबैको सल्लाह लिएर अगाडि बढ्ने बताउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्