बुल्गरियाको एउटा नर्सिङहोममा आगलागी, ९ जनाको मृत्यु

पूर्वी बुल्गेरियाको एउटा नर्सिङहोममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि अन्यत्र लगिएको छ ।

रोयाकको पुरानो विद्यालय भवनलाई केयर होममा परिणत गरी उपचार सेवा दिइएको थियो । सोही भवनमा स्थानीय समय अनुसार साँझ ६ बजे बेलुकाको खानाको तयारी भइरहेका बेला अचानक आगलागी भएको हो ।

आगलागी भएको भवनको छानाबाट कालो बाक्लो धुँवाको मुस्लो निस्कएको अग्नी नियन्त्रकले बताएका छन् । आगलागी भएको भवनको तल्लो तलाबाट भवनमा फसेका नागरिकलाई उद्दार गरिएको बताएका छन् ।

भवनमा कति जना थिए । आगलागीको कारण थाहा हुन सकेको छैन । यस विषयमा थप छानविन र अनुसन्धान हुने बताइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.