टी-ट्वान्टी महिला विश्वकप : कुवेतमाथि नेपालको सानदार जित

काठमाडौँ- टी-ट्वान्टी महिला विश्वकप प्रतियोगिताको दुबईमा जारी छनौट प्रतियोगितामा नेपाल कुवेतसंग ९ विकेटले विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले सबै विकेट गुमाएर २७ रन बनाएको थियो ।

नेपालले भने १ विकेट गुमाएर ९९ बल बाँकी रहँदै सो लक्ष्य हासिल गरेको थियो ।

नेपालका तर्फबाट संगीता राईले ३ विकेट, रुबिना क्षेत्री र करुणा भण्डारीले २-२ विकेट र सरस्वती कुमारीले १ विकेट लिएकी थिइन् ।

ब्याटिङतर्फ इन्दु बर्माले १३ र रुबिना क्षेत्रीले १२ रन बनाएकी थिइन् । यो जितसंगै नेपाल ३ मध्ये २ खेल जितेर अंकतालिकामा पहिलो स्थानमा पुगेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.