बेलायतमा कोरोनाको उच्च संक्रमण, एकैदिनमा थपिए ७८ हजारभन्दा बढी नयाँ संक्रमित

बेलायतमा कोरोना महामारी शुरु भएयताकै सबैभन्दा उच्च संक्रमण देखिएको छ । बेलायतमा हिजो एकै दिनमा ७८ हजार ६ सय १० जना नयाँ संक्रमित थपिए । यो संख्या हालसम्मकै उच्च हो ।

यसअघि गत जनवरी ८ मा ६८ हजार ५३ जना नयाँ संक्रमित थपिएका थिए । त्यतिखेर बेलायत कडा लकडाउनको अवस्थामा थियो । बेलायतका प्रमुख मेडिकल अधिकारीले संक्रमणको अवस्था व्यापक रुपमा बढेको र आगामी केही सातामा थुप्रै नयाँ रेकर्ड बन्ने सम्भावना भएकाले सतर्क रहन आग्रह गर्नुभएको छ ।

सामाजिक रुपमा घुलमिल हुन र क्रिसमसका बेला भीडभाड नबढाउन पनि आग्रह गरिएको छ । संक्रमणको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सबै नागरिकलाई बुस्टर डोज खोप लिन आग्रह गर्नुभएको छ ।

कोरोना संक्रमणको गम्भीर अवस्था आएको बताउँदै प्रधानमन्त्री जोनसनले प्रत्येक दुई दिनमा संक्रमण दोब्बरले वृद्धि भएकाले सचेत रहन र सतर्कता अपनाउन आग्रह गर्नुभयो । साथै अस्पताल भर्ना हुने दर पनि एक सातामै १० प्रतिशतले वृद्धि भएको छ । बेलायतमा नयाँ ओमिक्रोन भेरिन्ट र डेल्टा भेरियन्टका संक्रमितहरु तीब्र गतिमा बढिरहेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.