बंगलादेशमा डुंगामा आगो लाग्दा ३९ जनाको मृत्यु

ढाका– बंगलादेशमा एउटा डुंगामा आगो लाग्दा कम्तीमा ३९ जनाको मृत्यु भएको छ ।

राजधानी ढाकाबाट बारगुना सहर जान लागेको तीन तले डुंगा नदीको बीचमा भएको बेलामा आगो लागेको थियो । ५ सय जना सवार डुंगामा आगो लागेपछि कैयौं मानिसले पानीमा हामफालेर ज्यान जोगाएको र एकसय जना घाइते भएको प्रहरीले जनाएको छ ।

नियमित मर्मत सम्भार नगर्ने, सुरक्षाका मापदण्ड पालना नगर्ने र क्षमताभन्दा बढी यात्रु राख्ने गरेका कारण बंगलादेशमा डुंगा दुर्घटनालाई सामान्य घटनाका रुपमा लिने गरिएको छ । घटनामा ७२ जना जलेर घाइते भएका छन् । १ सय जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.