अफगानिस्तानमा बम विष्फोट, ९ जना बालबालिकाको मृत्यु

पूर्वी अफगानिस्तानमा हिजो भएको बम विष्फोटमा परी ९ जना बालबालिकाको मृत्यु भएको छ । पाकिस्तानको सीमा नजिकै भएको सो विष्फोटमा परी थप ४ जना घाइते भएका छन् ।

खाद्यान्न विक्री गर्ने गाडा विष्फोट नभएको एउटा मोटर कार्टसँग ठोक्कि‌ंदा विष्फोट भएको तालिवानले नियुक्त गरेका गभर्नरले जानकारी दिएका छन् । घटना पूर्वी नानगाहार प्रान्त नजिकैको लालोपार जिल्लामा भएको हो ।

विष्फोटको जिम्ममेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन । विष्फोट भएको क्षेत्र अफगानिस्तानमा सक्रिय आतंकवादी समूह आइएसकेको पकड क्षेत्र रहेको छ ।

आइएसकेले गत वर्ष १३ अमेरिकी सेना र १ सय ७० जना अफगानी नागरिकको कावुल विमानस्थलमा वम विष्फोट गराएर हत्या गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.