ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स विश्व वरीयताको एक नम्बरमा

नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको वरीयतामा शीर्षस्थानमा पुग्दै इतिहास कायम गरेका छन् ।

विश्व ब्याडमिन्टन महासंघले सार्वजनिक गरेको पछिल्लो विश्व वरीयताको जुनियरतर्फ प्रिन्स पहिलो पटक शीर्षस्थानमा उक्लेका हुन् ।

दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लेका प्रिन्सको १० हजार ५०० अंक छ । यसअघि प्रिन्स तेस्रो र ११ औं स्थानमा परेका थिए । विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा ठूलो वरीयता हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.