कम्पनीका कर्मचारीलाई खोप अनिवार्य नगर्न अमेरिकी अदालतको फैसला

अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति जो बाइडनले जारी गर्नुभएको ठूला कम्पनीमा काम गर्ने कर्मचारीलाई अनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाउनुपर्ने अथवा साप्ताहिक रुपमा कोभिड परीक्षण गर्नुपर्ने नियमको विपक्षमा फैसला गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरूले बाइडन प्रशासनले जनादेशको अधिकारलाई नाघेको बताएका हुन् । सरकारले जारी गरेको खोप अनिवार्यता सरकारले लगानी गरेका स्वास्थ्य सुविधा लिनेमा सीमित हुने बताइएको छ ।

राष्ट्रपति बाइडनको प्रशासनले खोप अनिवार्य महामारी विरुद्ध लड्नका लागि गरिएको जनाएको छ । नागरिकै जीवन रक्षाका लागि जारी गरिएको नियमको विपक्षमा फैसला आएको भन्दै राष्ट्रपति जो बाइडनले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

अदालतको फैसला जे सुकै आए पनि राष्ट्रपतिका हैसियतले नागरिकको जीवन रक्षा आफ्नो मुख्य प्राथमिकता रहेको उहाँको भनाइ छ ।

राष्ट्रपति बाइडनले अमेरिकाकी स्वास्थ्य र अर्थतन्त्रको रक्षाका लागि सही निर्णय गर्दै कोरोनाबाट सुरक्षित रहन खोप लगाउन नागरिकहरुलाई आग्रह गर्नुभएको छ । खोप अनिवार्यताले कर्मचारी, उपभोक्ता र समुदायको सुरक्षा हुने राष्ट्रपति बाइडनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.