यस वर्ष स्पेनिस फुटबल सुपरकपको उपाधी रियल मड्रिडलाई

यस वर्षको स्पेनिस फुटबल सुपरकपको फाइनल उपाधी रियल मड्रिडले हात पारेको छ ।

रियल मड्रिडको यो बाह्रौं उपाधी टाइटल हो । साउदी अरेबियाको रियादमा आज बिहान सम्पन्न भएको खेलमा रियल मड्रिडले एथलेटिक क्लबलाई २-० गोलको अन्तरले पराजित गर्दै उपाधी आफ्नो बनाएको हो ।

पहिलो हाफको ३८औं मिनेटमा सेन्टर मिडफिल्डर लुका मोड्रिकले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५२औं मिनेटमा रियलले भिए आर मार्फत पाएको पेनाल्टीलाई स्ट्राइकर करिम बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाएका थिए ।

खेलको ८७औं मिनेटमा रियलका ब्राजिलियन डिफेन्डर इडर मिलिटा ओले डिबक्सभित्र हातले बल रोकेपछि रेफ्रिले उनलाई रातो कार्ड दिदै पेनाल्टी घोषित गरेका थिए । एथलेटिक क्लबले पाएको पेनाल्टीलाई राउल गार्सियाले गोल गर्न नसकेपछि खेल २-० ले रियल मड्रिडले हात पारेको हो ।

तेह्रौंपटकसम्मको उपाधी विजेता बार्सिलोनालाई सेमिफाइनलमा ३-२ गोलले पराजित गर्दै रियल फाइनलमा पुगेको थियो । त्यसैगरी एथलेटीको मड्रिडलाई २-१ गोलले पराजित गर्दै एथलेटी क्लबले फाइनलको यात्रा तय गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.