प्रशान्त महासागरमा भएको ज्वालामुखी विष्फोटबाट टोंगा टापुमा ४ जनाको मृत्यु

प्रशान्त महासागरमा भएको ज्वालामुखी विष्फोटबाट टोंगा टापुमा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना टोंगाकै स्थानीय रहेका छन् भने एक जना बेलायती नागरिक रहेको बताइएको छ ।

ज्वालामुखी विष्फोटका कारण त्यहाँको मुख्य विमानस्थलमा क्षति पुगेपछि पानी जहानबाट उद्दार टोली र राहत सामग्री पुर्‍याइएको छ । क्षतिग्रस्त टोंगाको मुख्य विमानस्थलमा ज्वालामुखी विष्फोटका कारण जम्मा भएको खरानी सहितको भग्नावेश पन्छाउने काम भइरहेको छ ।

आवश्यक खाद्यान्न र पिउने पानी पुर्‍याउन मुख्य विमानस्थल उडान भर्न योग्य बनाउन टोली खटिएको छ । ज्वालामुखी विष्फोटले टोंगामा अकल्पनीय क्षति पुर्‍याएको त्यहाँको सरकारले जनाएको छ ।

गत शनिवार भएको ज्वालामुखी विष्फोट र त्यसले निम्त्याएको सुनामीबाट प्रभावितको सहयोगका लागि न्युजिल्याण्ड र अस्ट्रेलियाले पनि जहाज पठाएका छन् ।

ज्वालामुखी विष्फोटका कारण ग्यास, धुँवा र भग्नावशेष २० किलोमिटर माथि आकाशमा पुगेको थियो । प्रभावित टोंगा टापु पुगेका संयुक्त राष्ट्र संघका प्रतिनिधिले भग्नावशेष पन्छाउन सोचेभन्दा निकै कठिन रहेको बताएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.