विश्वका सबैभन्दा पाका व्यक्ति ग्रासियाको ११२ बर्षमा निधन

विश्वका सबैभन्दा पाका व्यक्ति स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको ११२ वर्षको उमेरमा निधन भएको छ । गिनीज वल्र्ड रेकर्ड्सले दिएको जानकारी अनुसार करिब चार महिना पहिले ११२ वर्ष २११ दिन हुँदा जीवितमध्ये उहाँ विश्वकै सबैभन्दा पाको व्यक्ति घोषित हुनुभएको थियो । उहाँको आगामी महिना ११३ औँ जन्मदिन मनाउन लागिएको थियो ।

फेब्रुअरी ११, १९०९ मा लियोनको पोन्टे क्यास्ट्रोमा जन्मेका गार्सिया १.५ मिटर (४.९ फिट) अग्लो हुनुहुन्थ्यो । सन् १९३६ मा भएको स्पेनी गृहयुद्धमा सामेल हुन उहाँको होचो कदका कारण भर्ती हुन नपाएपछि पछि उहाँ एक सफल जुत्ता व्यवसायी बन्नुभएको थियो ।

सात छोराछोरी, १४ नातिनातिना र २२ पनातिपनातिनीहरूका अभिभावक उहाँ पछिल्लो समय उमेरका कारण सक्रिय जीवनबाट टाढा हुनुहुन्थ्यो ।

गिनिज बुक्स अफ वल्डए रेकर्डको वेवसाइट अनुसार अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सकी जीन लुइस कालमेन्ट हुनुहुन्छ । सन् १८७५ फेब्रुअरीमा जन्मनुभएकी कालमेन्टको सन् १९९७ मा १२२ वर्ष १६४ दिनको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.