सत्ता साझेदार दलहरुको बैठक आज बस्दै

काठमाडौँ- आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन तथा स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल गर्न सत्ता गठवन्धनको वैठक आज अपरान्ह वोलाइएको छ ।

वालुवाटार श्रोतका अनुसार बैठक अपरान्ह ४ बजे बस्ने छ ।

यसअघि हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालवीच भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा स्थानीय निर्वाचनको मिति तोक्ने बिषयमा उहाँहरुवीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गठबन्धनको बैठक बस्नु अघि प्रधानमन्त्री शेरवहादुर देउवाले आझै राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेछ ।

सत्ता सम्हालेको ६ महिना पुगेसँगै देउवाले सरकारले गरेका काम तथ कोभिडको पछिल्लो अवस्था र सरकारी तयारीका बारेमा सम्बोधन गर्न लाग्नु भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.