ब्राजिलको रियो दि जेनेरियोमा वर्षा र पहिरोमा परी ९४ जनाको मृत्यु

भारी वर्षा र त्यसपछिको पहिरोका कारण ब्राजिलको रियो दि जेनेरियोको उत्तरमा रहेको पेट्रोपोलिस शहरमा कम्तीमा ९४ जनाको मृत्यु भएको सञ्चारमाध्यमले बिहीबार जनाएको छ।

स्पुतनिक समाचार एजेन्सीले मिडिया रिपोर्टलाई उद्धृत गर्दै करिब ८० जनाको ज्यान गएको जनाएको छ ।

विपद्का कारण ५४ घर ध्वस्त भएका छन् । त्यसैगरी जी-१ प्रसारकलाई उद्धृत गर्दै, रूसी समाचार एजेन्सीले नागरिक रक्षा सेवाले २४ जनाको उद्धार गरेको छ भने ३५ जना अझै हराइरहेको उल्लेख गरेको छ।

ब्राजिलमा मङ्गलबार भारी वर्षाका कारण पहिरो र बाढी आएको छ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्ना मन्त्रीहरूलाई पेट्रोपोलिसमा बाढी पीडितहरूलाई सहयोग गर्न निर्देशन दिनुभएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.