भन्सार छलेर भित्र्याइएका करिब साढे तीन करोड रुपैयाँ बराबरका सामान बरामद

चितवन- भन्सार छलेर भित्र्याइएको करिब तीन करोड पचास लाख रुपैंया बराबरको सामान चितवन प्रहरीले बरामद गरेको छ ।

वीरगञ्जस्थित भन्सारबाट छुटेका चारवटा ट्रकहरूमा खानतलासी गर्दा कपडाका पोका र फलामे छड अबैध रूपमा भित्र्याइएको पाइएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

बुधबार साँझपख भन्सारबाट छुटेका ट्रकहरूलाई हिजो चितवनको खैरहनी ८ पर्सा बजारमा खैरहनी प्रहरीका प्रमुख सुवास भटट्को नेतृत्वमा खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गरेका थियो ।

ना ६ ख ११३, ना ६ ख ११६६, ना ६ ख ५०६१ र ना ७ ख ९२३४ नम्बरको ट्रकहरुमा भन्सार छली चोरी पैठारी गरी ल्याएको कपडा र अन्य सामानहरुको पोकाहरु फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले ट्रकका चालकहरु चितवनको राप्ती-४ का सुकमान गोले, वीरबहादुर खुलाल तामाङ, निरबहादुर लामा र राप्ती-५ का दीपक चौलागाईलाई नियन्त्रणमा लिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.