रुसद्धारा युक्रेनको सैन्य तालिम केन्द्रमा क्षेप्यास्त्र प्रहार, पोल्याण्ड जाँदै गरेका ३५ जनाको मृत्यु

रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको १८ दिनमा युक्रेनको पश्चिमी शहर याभोरिभमा रहेको शैन्य तालिम केन्द्रमा क्षेप्यास्त्र प्रहार गरेको छ ।

छिमेकी मुलुक पोल्याण्ड प्रवेश गर्न लागेका युक्रेनी नागरिकहरु आक्रमणको निसानामा परेका छन् । घटनामा ३५ जनाको मृत्यु भएको छ भने १ सय ३४ जना घाइते भएका छन् ।

बिबिसीले विष्फोटपछि घटनास्थलमा ठूलो खाडल भएको र नजिकैको भवनमा आगलागीका कारण धुवाँको मुस्लो निस्किएको जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार क्षेप्यास्त्र प्रहारले रातिको समय आकाश पूरै रातो भएको थियो । पछिल्लो आक्रमणले द्वन्द्व चाँडै पश्चिमका हालसम्मका शान्तिपूर्ण क्षेत्रहरूमा फैलिने त्रास बढेको छ । युक्रेनको युद्धग्रस्त क्षेत्र इर्पिन शहरमा अमेरिकी पत्रकारको गोली हानी हत्या गरिएको छ ।

न्युयोर्क टाइम्समा कार्यरत ५० वर्षीय पत्रकार तथा चलचित्र निर्माता ब्रेन्ट रिनाउड रुस युक्रेन युद्धमा मारिने पहिलो पत्रकार हुन् । रुसी सेनाले निसाना बनाएर गोली हानेको किभका प्रहरी प्रमुखले जनाएका छन् ।

घटनामा अन्य २ जना पत्रकार पनि घाइते भएको बताइएको छ । रुस युक्रेन माथि थप आक्रामक रुपमा प्रस्तुत भएकाले युद्ध कहिले अन्त्य होला भन्ने अनिश्चितता बढ्दै गएको छ ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग हतियारसहित सहयोग मागेको खबर समेत बाहिरिएको छ । यसले युद्धले झन् जटिल रुप लिने अनुमान विश्लेषकहरुले गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.