पोल्याण्ड, चेक र स्लोभेनियाका प्रधानमन्त्रीहरु युक्रेनको राजधानी किभमा

पोल्याण्ड, चेक र स्लोभेनियाका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि मंगलबार कीभ पुग्नुभएको पोल्याण्ड सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ।
“यो भ्रमणको उद्देश्य युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रताको लागि सम्पूर्ण युरोपेली संघको स्पष्ट समर्थन पुष्टि गर्नु र युक्रेनी राज्य र समाजको लागि समर्थनको व्यापक प्याकेज प्रस्तुत गर्नु हो,” विज्ञप्तिमा भनिएको छ।
उहाँहरु तीनै जना पोल्याण्डबाट रेल चढेर किभ पुग्नुभएको थियो । तीनै जना प्रधानमन्त्रीहरुले युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीलाई भेटेर उहाँको साहसको प्रशंसा पनि गर्नुभएको थियो । तीनै जना प्रधानमन्त्रीहरुले रुससँगको युद्दमा आफूहरु युक्रेनी सरकार जनतासँग भएको प्रतिवद्दता व्यक्त गर्नुभयो ।।






प्रतिक्रिया राख्नुहोस्