बार अध्यक्षमा गोपालकृष्ण घिमिरे विजयी

काठमाडौं- नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित हुनुभएको छ। घिमिरेलले ४४ सय ७४ मत ल्याएर अध्यक्ष पदमा विजयी हुनुभएको एसोसिएसनको निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिनुभयो।

घिमिरेका निकटम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत प्राप्त गर्नुभएको केसीले बताउनुभयो। यसैगरी, महासचिव अन्जिता खनाल विजयी हुनुभएको छ। खनालले ३६ सय ८२ मत ल्याउनुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत प्राप्त गर्नुभएको केसीले बताउनुभयो।

बारको कोषअध्यक्षमा भरतबहादुर राउत विजयी हुनुभएको छ। उहाँले चार हजार ३६ मत प्राप्त गर्नुभएको छ। राउतको प्रतिद्वन्द्वी जगतबहादुर कार्कीले २८ सय १८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केसीले बताउनुभयो।

विजयी सबैजना सत्ता गठबन्धनको रहेको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.