नेपाली कांग्रेस गोरखाको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताको तालाबन्दी

गोरखा– नेपाली कांग्रेसको गोरखा सदरमुकामस्थित जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताहरुले ताला लगाइदिएका छन् ।

स्थानीय तह चुनावको टिकट बाँडफाँडमा असन्तुष्टि जनाउँदै उनीहरुले कार्यालयको मूल गेटमा ताला लगाइदिएका हुन् । गोरखा नगरपालिकाको मेयर पदको टिकट बाँडफाँडप्रति उनीहरुको असन्तुष्टि रहेको काँग्रेसका एक नेताले बताएका छन् ।

कांग्रेसको प्रदेश कार्यसमितिले पार्टीका तर्फबाट नगरपालिकाको मेयरमा विश्वदेव श्रेष्ठलाई उम्मेदवार चयन गरेको छ । हालका मेयर राजनराज पन्त पनि दोस्रो कार्यकालका लागि मेयरको आकांक्षी रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.