गठबन्धन दलका तर्फबाट बुटवलको प्रमुखमा पाण्डेको उम्मेदवारी

बुटवल- आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ नेपाली कांग्रेसका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताका साथमा पालिकाका निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ ।

बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ । आफ्ना कार्यकर्ताका साथमा आज उपमहानगरको निर्वाचन कार्यालयमा पुगेर पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

पाँच दलीय गठबन्धन भए पनि कांग्रेसका नेता कार्यकर्ताका साथ उम्मेदवारी दर्ताका लागि पाण्डे निर्वाचन आयोग पुग्नुभएको थियो । उम्मेदवारी दर्ता गराउनु पूर्व सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले पूर्वाधार विकासका कामलाई प्राथमिकता दिने बताउनुभयो । बुटवलको सडक, खानेपानी र सुकुम्बासी समस्या समाधानको कामलाई पूर्णता दिने उहाँको भनाइ छ ।

गठबन्धनका तर्फबाट उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का चीनबहादुर गुरुङले उम्मेदवारी दिँदै हुनुहुन्छ । यसअघि नै गठबन्धन दलको जनता समाजवादी पार्टी (जसपा)ले आइतबार प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएको छ । पद बाँडफाँटको विषयमा गठबन्धन दलमा विवाद भएपछि कांग्रेसले एकलरुपमै प्रमुखसहित अन्य वडाका पदमा उम्मेदवारी दर्ता गराएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.