काभ्रेमा १३ स्थानीय तहबाट २७ सय ७३ जनाको मनोनयन दर्ता

काभ्रे- काभ्रे जिल्लामा स्थानीय तह सदस्य निर्वाचनका लागि २७ सय ७३ जनाले मनोनयन दर्ता गरेका छन् । जिल्लाका १३ वटास्थानीय तहबाट २७ सय ७३ जनाले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार अध्यक्ष प्रमुख, उपाध्यक्ष उपप्रमुख, वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरि पनौती नगरपालिकाका २६८, बनेपा नगरपालिकाका ३१६, पाँचखाल नगरपालिकाका २४१, धुलिखेल नगरपालिकाका २३७, नमोबुद्ध नगरपालिकाका २२८ र मण्डनदेउपुर नगरपालिकाका २७६, भुम्लु गाउँपालिका १९३, चौरीदेराली गाउँपालिका १९३, महाभारत गाउँपालिका १२६, खानीखोला गाउँपालिका १११, रोशी गाउँपालिका २३५, तेमाल गाउँपालिका २०४ र बेथानचोक गाउँपालिकामा १४५ जना गरि कुल २७ सय ७३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

आइतबार र सोमबार काभ्रेका १३ वटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरुपमा मनोनयन दर्ता भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.