अमेरिकामा दुई दशकयताकै उच्च ब्याजदर कायम, संसारभर यसको असर

तीब्रगतिमा भएको मूल्यवृद्धिका कारण अमेरिकाको केन्द्रीय बैंकले दुई दशकयताकै उच्च ब्याजदर वृद्धिको घोषणा गरेको छ । अमेरिका स्थित फेडरल रिजर्भ बैंकले झण्डै आधा प्रतिशत ब्याजदर बढाएर शून्य दशमलब ७५ प्रतिशत देखि १ प्रतिशत पुर्‍याएको हो ।

अमेरिकी मुद्रास्फीति ४० वर्षकै उच्च बिन्दुमा पुगेको छ । अझै थप वृद्धि हुने आंकलन गरिएको छ । यसले थप मूल्यवृद्धि गर्ने र यसको असर संसारभर पर्ने अनुमान गरिएको छ ।

भारतको केन्द्रिय बैंकले अप्रत्यासित रुपमा व्याजदर वृद्धिको घोषणा गरेको छ । यसैगरी अस्ट्रेलियाको केन्द्रीय बैंकले हालै एक दशक भन्दा बढीमा पहिलो पटक ब्याज दर वृद्धि गरेको थियो ।

बेलायतको बैंकले पनि आजै पुनः आजैदेखि व्याजदर वृद्धि गर्ने जनाइएको छ ।रुस युक्रेन युद्धका कारण संसारभर मुद्रा स्फिति बढेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.