स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन सभापति देउवाको अपिल

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल गर्नुभएको छ।

मङ्गलबार एक अपील सार्वजनिक गर्नुहुँदै सभापति देउवाले यस्तो अनुरोध गर्नुभएको हो। ‘यही वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर हाम्रो ऐतिहासिक पार्टी नेपाली कांग्रेसका उम्मेदवारलाई अत्यधिक मतले विजयी बनाउनु हुन हार्दिक अनुरोध गर्दछु,’ सभापति देउवाको अपीलमा भनिएको छ।

प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार भएको उल्लेख गर्नुभएको छ। उहाँले स्थानीय तह सङ्घीय शासन प्रणालीको आधारस्तम्भ भएको उल्लेख गर्नुभएको छ।

सभापति देउवाले थप भन्नुभएको छ, ‘‘हरेक नागरिकका सुखदुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र पनि हो। नेपाली कांग्रेसको नेतृत्वमा दशकौंसम्म भएका लोकतान्त्रिक संघर्षको अविराम यात्राका थुप्रै आरोह, अवरोह र चुनौती पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैं बनाउने अवसर प्राप्त गरेका छन्।’

कठिन साधना र समर्पणको फलस्वरुप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको अभियानमा निर्भिकता साथ सहभागी भएर मतदान गर्न उहाँले आह्वान गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.