काठमाडौं महानगरपालिकाको मतगणना सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । अहिले वडा नम्बर १ र ३२ को मत गणना सुरु भएको हो ।

काठमाडौं महानगरपालिकामा नेकपा एमाले, नेपाली कांग्रेससहित राजनीतिक दल र स्वतन्त्र गरी ५५ जना प्रमुखका उम्मेदवार छन् ।

निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना सुरु भएको हो । कार्यालयले मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरेपछि मतगणना सुरु भएको निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । सुरुआती चरणमा एक ठाउँबाट गणना भएको र केहीबेरमा गणनास्थल थप गरिने उहाँले जानकारी दिनुभयो । शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.