रामेछापमा मतगणना स्थलमा हवाई फायरः ४ जना घाइते

रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँ पालिकाको मतगणना स्थलमा हवाइ फायर भएको छ । गाउँ पालिकाको वडा नं १ डडुवाको मत गणना गर्दै गर्दा बत्ति गएपछि गणनास्थल बाहिर बसेका दलका नेता तथा कार्यकर्ताहरुले हो हल्ला गर्दै प्रहरी माथि ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले प्रतिकारमा हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिनले बताउनु भयो ।

घट्नमा प्रहरी निरीक्षक हरिराम नेपालसहित ४ जना प्रहरीहरु घाइते भएका छन । मतगणना गर्दागर्दै बत्ति गएको भएपनि भित्र बत्तिको बैकल्पिक व्यबस्था गरेर गणना भइरहेको बेला एक्कासी भिडले मुल ढोका खोलेर आागाडि बढ्न लागेपछि मत पेटिका सुरक्षाको लागि पनि प्रहरीले हवाइ फायर गर्न बाध्य भएको प्रहरीले जनाएको छ ।

यस अगाडि पनि मतदानका क्रममा रामेछाप जिल्लाका विभिन्न ४ वटा स्थानमा प्रहरीले गोली चालएको थियो । यसैविच जिल्लाको लिखु तामाकोसी गाउँ पालिकाको पनि अहिले मत गणना रोकिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.