थुलुङ दुधकोशीको अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्र विजयी

सोलुखुम्बु- जिल्लाको थुलुङ दुधकोशी गाँउपालिकाको अध्यक्ष र उपाध्याक्ष दुवैमा नेकपा (माओवादी केन्द्र) विजय भएको छ । अध्यक्षमा माओवादीका असिम राई र उपाध्यक्षमा सविता राई निर्वाचित भएका हुन् । दुवै जना अघिल्लो कार्यकालमा पनि अध्यक्ष उपाध्यक्ष हुनुहुन्थ्यो ।

अध्यक्ष राईले ४,०४९ तथा नेपाली कांग्रेसका वीर बहादुर गुरुङले ३,५११ मत प्राप्त गर्नुभयो । ।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी सविता राईले ३,८०० मतका प्राप्त गर्दै निर्वाचित हुनुभयो । नेपाली कांग्रेसकी एकाकुमारी कार्कीले ३५२३ मत पाउनुभयो ।

माओवादी केन्द्रबाट उपाध्यक्ष निर्वाचित राई २०७४ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । चुनावको मुखमा उहाँ माओवादी केन्द्र प्रवेश गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.