जिरी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी

दोलखा- दोलखाको जिरी नगरपालिकामा नगर प्रमुख र उप प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै पालिका प्रमुखमा मित्र जिरेल र उपप्रमुखमा कृष्ण माया बुढाथोकी विजयी भएका हुनुभएको हो । जिरेल नेपाली कांग्रेसका लाक्पा शेर्पा र माओेवादी केन्द्रका गेल्वु शेर्पालाई पराजित गर्दै नगरप्रमुखमा विजयी हुनुभएको हो ।

मित्र जिरेल २९ सय ४९ मत प्राप्त गर्दै नगरप्रमुखमा विजयी हुनुभएको हो भने उहाँका प्रतिद्वन्द्वी नेपाली काग्रेसका उम्मेदवार लाक्पा शेर्पाले २६ सय ३२ ल्याएर पराजित हुनुभएको हो ।

नगरपालिकाको उपप्रमुखमा पुनः कृष्णमाया बुढाथोकी निर्वाचित हुनुभएको छ । उहाँ ३ हजार ४ सय ३४ मत ल्याएर नेकपा माओवादीका उम्मेदवार तेजबहादुर गोलेलाई पराजित गर्दै उपप्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी गोलेले ३ हजार १ सय २० मत प्राप्त गर्नुभएको छ ।

नगरप्रमुख र उपप्रमुखमा एमालेले जित हासिल गरेपनि एमालेले जिरीमा २ वटा वडा मात्रै जितेको छ । यो सँगै वडा तहमा भने एमाले अल्पमतमा परेको छ । माओवादीले ४ र कांग्रेसले २ तथा एकीकृत समाजवादीले एक स्थानमा जित हाँसिल गर्दा एमाले वडा तहमा अल्पमतमा परेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.