बनेपा नगरपालिकामा नेपाली कांग्रेसका शान्ति रत्न शाक्य विजयी

काभ्रे- बनेपामा कांग्रेसका शान्ति रत्न शाक्य विजयी हुनुभएको छ । उहाँले १३ हजार ७ सय ९३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका रत्न कुश रंजितकारले ११ हजार ८ सय ३५ मत प्राप्त गर्नुभयो ।

उप प्रमुखमा भने नेकपा एमाले विजयी हुनुभएको छ । एमालेका विमला सापकोटा दाहालले ११ हजार ९ सय ९२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रगुवर चौ प्रधानलाई १४ सय ७७ मतले पराजित गर्नु भएको हो । प्रधानले १० हजार ५ सय १५ मत प्राप्त गर्नुभयो ।

बनेपा नगरपालिकामा ७ वटा वडामा नेकपा एमालेका वडाअध्यक्ष, ६ वटा वडामा नेपाली काँग्रेस र एक वडामा नेकपा एकीकृत समाजवादीले वडाअध्यक्ष पद जितेको छ ।

नेकपा एमालेले वडा नं १, ४, ५, १०, ११, १२ र १३ मा जितेको हो । यस्तै नेपाली काँग्रेसले वडा नं २, ३, ७, ८, ९ र १४ मा जितेको छ भने नेकपा एकीकृत समाजवादीले वडा नं ६ मा जितेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.