६ महिनामा जम्मा चार लाख ५२ हजार राजश्व संकलन

 मनाङ- हिमाली जिल्ला मनाङमा ६ महिनाको अन्तरालमा रु.चार लाख ५२ हजार राजश्व संकलन भएको छ । सन् २०२२ जनवरीदेखि जुन १४ सम्म जिल्लामा पर्यटक प्रवेश गर्दा करीब ५ लाख राजश्व संकलन भएको हो ।

विश्व पर्यटन बजारका महत्वपूर्णमध्ये एक यस अन्नपूर्ण पदमार्ग मानिन्छ । जनवरीदेखि १४ जुनसम्म मनाङमा कूल पाँच हजार ५६ पर्यटकले प्रवेश गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती पर्यटकले प्रवेश शुल्कवापत तिरेर उक्त राजश्व संकलन भएको हो । एक हजार ६६२ जना मनास्लु र अन्नपूर्णमार्फत फर्किने गरेको गुरुङले बताउनुभयो । छ महिनाभित्र १०२ पर्यटक अनुमति बिना जिल्लामा प्रवेश गरेको उहाँले बताउनुभयो । सार्क राष्ट्रका ४० जना र अन्य ६२ जना गरी १०२ पर्यटक अनुमति बिना नै मनाङ प्रवेश गरेको पाइएको पर्यटन सहायक गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीमा चेकजाँचको अनुमति बिना प्रवेश गरेको पाइएको हो । सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु.दुई हजार र अन्य राष्ट्रबाट आएका पर्यटकलाई प्रतिव्यक्ति रु.छ हजार जरिवाना लिएर प्रवेश गर्न दिइएको उहाँले बताउनुभयो ।

अनुमति बिना मनाङ प्रवेश गर्ने बाह्य पर्यटकलाई जनिवाना गराइएको उहाँले बताउनुभयो । सार्क राष्ट्रका पर्यटकलाई रु.एक हजार र अन्य मुलुकका पर्यटकलाई रु.तीन हजार मनाङ प्रवेशका लागि शुल्क तोकिएको एक्यापले जनाएको छ ।

सोही अवधिमा मनाङमा पर्यटक आएका थिएनन् । कोरोनाको पहिलो, दोस्रोबाट प्रभावित भएपछि दोस्रो कोरोना सङ्क्रमण जोखिम कम भएसँगै बिस्तारै चहलपहल हुन थालेको पनि पुनः कोरोनाको तेस्रो लहरले पदमार्ग सुनसान भएको थियो ।

कोरोनाले थला पारेरमाथि उठ्दै गरेको यस क्षेत्र अब फेरि थला पर्न थालेको छ । वर्षायाम सुरु हुन लागेसँगै पर्यटक घट्दा अझै केही महिनासम्म पदमार्ग सुनसान हुने देखिएको छ । यस पदमार्गमा सबैभन्दा बढी फ्रान्स, जर्मनी, इटलीलगायतका देशका नागरिक आउने गरेको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अब बर्खायाम सकिएपछि आगामी भदौ १५ गतेदेखि पर्यटक बढ्न थाल्नेछन् ।

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ ।

काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुवात गर्दछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.