महालक्ष्मी नगरपालिकाको प्रशासनिक भवनमा सहयोग गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले महालक्ष्मी नगरपालिकाको प्रशासनिक भवन निर्माण तथा सञ्चालनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

नगरपालिकाको आयोजनामा नव निर्वाचित जनप्रतिनिधिहरुको लागि स्थानीय सरकार सञ्चालन सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रशासनिकभ भवनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । मन्त्री श्रेष्ठले नव निर्वाचित जन प्रतिनिधीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै आफ्नो कार्यकालको सुरुवातमै पाँच बर्षे कार्ययोजनाका साथ जनताको सेवामा लाग्न आग्रह गर्नुभयो । उहाँले करको दायरा बढाउँदै पूर्ण डिजिटल नगरपालिका बनाउन अनुरोध गर्नुभयो ।

नगरपालिकाले अहिले भाडाको घरमा प्रशासनिक भवन सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव सुरेश अधिकारीले स्थानीय तह सरकार पनि भएकोले जनताको जनसेवा गर्ने र नियम विरुद्ध जानेहरुलाई नियमन पनि गर्ने भएकोले चुनावबाट निर्वाचित जनप्रतिनिधिहरुले पार्टी भन्दा माथि उठेर सहकार्य, समन्वय र सह( अस्तित्वका साथ कम गर्न आवश्यक भएको बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख हरिगोविन्द श्रेष्ठले दुई दिने कार्यक्रमले जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्नुको साथै आगामी आ.व. २०७९/०८०को वार्षिक नीति कार्यक्रम तथा बजेट बनाउदै समृद्ध महालक्ष्मी नगर बनाउन सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी महर्जन, सहसचिव रघुराम बिष्टले कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । सहभागी तथा अतिथिहरुलाई स्वागत प्रमुख प्रशासकीय प्रमुख रोशन ज्ञवालीले गर्नु भएको थियो र कार्यक्रम सञ्चालन अधिकृत उर्मिला ढकालले गर्नु भएको थियो ।

यस कार्यक्रममा स्थानीय सरकार सञ्चालन र पदाधिकारीहरुको काम कर्तव्य र अधिकार स्थानीय तहको योजना तर्जुमा प्रक्रिया र व्यवस्थापन, सार्वजनिक खरिद व्यवस्थापन लगायतका विषयहरुमा विषयगत विज्ञहरुबाट सहजीकरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.