अफगानिस्तानमा हिमपात र चीसो मौसमका कारण १२ जनाको मृत्यु

पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा हिमपात र चीसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको सरकारी समाचार संस्था बख्तरले जनाएको छ ।

गाउँलेहरूले केही दिनअघि घुमन्ते परिवारले आफ्नो गाईवस्तु चराउन पहाडमा लैजाँदा विपत्ति भएको बताएका छन् । पीडित सबै घुमन्ते परिवारका हुन् । युद्धग्रस्त अफगानिस्तानका केही भागहरू भर्खरै भारी वर्षाका कारण थप चिन्तित बनेका छन् ।

अधिकारीहरुका अनुसार देशभर अचानक आएको बाढीमा परी ज्यान गुमाउँनेको सङ्ख्या बढ्दो छ । मुसलधारे पानी र बाढीका साथै पूर्वी पक्तिका र खोस्त प्रान्तमा बुधबार बिहानै गएको भूकम्पमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.