श्रीलंकामा अत्यावश्यक सवारीलाई मात्रै तेल

श्रीलंका- श्रीलंकालंकामा अत्यावश्यक बाहेकका सवारी साधनलाई पेट्रोलियम पदार्थहरु बिक्री नगरिने भएको छ ।

चरम आर्थिक संकटको समस्या भोगिरहेको श्रीलंकामा आगामी दुई साता बस, रेल, स्वास्थ्य संस्था र खाद्यान्न ढुवानीमा प्रयोग हुने सवारी साधनलाई मात्र पेट्रोलियम पदार्थहरु दिइने छ । आगामी जुलाई १० तारिखसम्म नीजि सवारी साधनलाई इन्धन बिक्री गरिने छैन ।

सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्न र सबै कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ । आर्थिक अभावमा परेको श्रीलंकाले सस्तोमा तेल आयात गर्ने सम्बन्धमा वार्ता गर्नका लागि आफ्ना मन्त्री र अधिकारीहरुलाई रसिया र कतारतर्फ समेत पठाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.