पाँच बर्षिया बालिकालाई दूर्व्यवहार गरेको आरोपमा ५० बर्षिय शिक्षक पक्राउ

दाङ- दाङमा विद्यार्थीलाई यौन दूर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । राप्ती गाउँपालिका-५ स्थित स्टार समिटमा कार्यरत ५० बर्षिय शिक्षक श्यामलाल चौधरीलाइ सोही विद्यालयमा अध्ययनरत् पाँच बर्षिया छात्रालाई दूर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बालिकाले नुहाउने क्रममा आमालाइ गुप्ताङ्ग दुखेको बताएपछि शिक्षकले दूर्व्यवहार गरेको रहस्य खुलेको हो । अभिभावकको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिसहनियाले नियन्त्रणमा लिएको थियो । अभिभावकको किटानी जाहेरीका आधारमा शिक्षक माथि छानवीन गरेर कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.