बाँकेमा श्रीमान श्रीमति मृतावस्थामा भेटिए

बाँके- बाँकेमा श्रीमान श्रीमति मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको कोहलपुर नगरपालिका-१४ पार्वतीपुरमा आफ्नै घरमा सुतेको अवस्थामा २५ वर्षिय कृष्णकुमार गढरिया र उनकै श्रीमती २३ वर्षिया अञ्जली गढरिया मृत अवस्थामा फेला परेका हुन । उनीहरुको करिब १ वर्ष पहिला विवाह भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले घरमै सुतेको अवस्थामा विहान नउठेपछि मृतकका आफन्तले प्रहरीलाई खबर गरेपछि घटनाको जानकारी भएको बताउनुभयो ।

घटनास्थलमा प्रहरी पुग्दा मृतक कृष्णको दायाँ हातको नाडीमा धारिलो हतियारले काटेको चोट रहेको र उनी रगताम्य अवस्थामा भेटिएको साथै उनकी पत्नी अञ्जली उत्तानो अवस्थामा रहेको जनाएको छ ।

प्रहरी नायव उपरिक्षक न्यौपाने सहितको टोली घटनास्थलमा पुगेर स्थलगत मुचुल्का गरी मृतक दाम्पतिको शव पोष्टमार्टमको लागि भेरी अस्पतालमा पठाएको बताउनु भयो । ‘घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको छ ।

यसको गहन अनुसन्धानमा जुटि सकेका छौ । पोष्टमार्टम रिर्पोट आएपछि पनि घटनाको थप उजागर हुनेछ । घटनास्थल र शवको अवस्था हेर्दा आत्महत्या जस्तो देखिदैन’–प्रहरी नायव उपरिक्षक न्यौपानेले बताउनु भयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.