मास्क अनिवार्य लगाउन सांसदहरुलाई सभामुखको आग्रह

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ ।

बैठकमा सभामुखको आग्रपछि सांसदहरुले मास्क लगाउनुभएको छ । कतिपय सांसदहरुले बैठकमा मास्क नलगाएको देखेपछि सभामुखले यो आग्रह गर्नुभएको हो । देशभर अहिले कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ।

काठमाडौँ उपत्यकामा मात्र ५ सय भन्दा बढी संक्रमित एकै दिनमा देखिएपछि त्यसतर्फ गम्भीर बन्न स्वास्थ्यविदहरुले अनुरोध गरेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.