सिद्धार्थ राजमार्गको यात्रा : कठिन र अत्यासलाग्दो

स्याङ्जा-  सिद्धार्थ राजमार्गमा दैनिक सयौंको संख्यामा गाडी ओहोरदोहोर गर्ने गर्दछन । राजमार्गको अधिकांश भाग स्याङ्जा जिल्लामा पर्दछ । देशकै पुरानो मध्येको राजमार्ग भएरपनि यसको उचित मर्मत सम्भार हुननसक्दा राजमार्गका धेरै ठाउँ जीर्ण बन्दै गएका छन । सडकको बीचबीचमा परेका खाडल र त्यसमै जमेको हिलोका कारण यात्रुहरु कष्ठपूर्ण  यात्रा गर्न बाध्य छन ।

बाटोमा रहेका खाल्डा,खाडलमा जमेको पानी र यसले बनाएको हिलो अनि साँघुरा मोडहरुले सिद्धार्थ
राजमार्ग भएर यात्रा गर्दा बढी जोखिम मोल्नुपरेको यात्रु र चालकहरु बताउँछन ।

सडक स्तरोन्नतीका नाममा हरेक वर्ष करोडौँ रुपैयाँ खर्च हुन्छ तर बाटोको अवस्थामा भने जस्ताको तस्तै छ ।

यो राजमार्ग जिल्लाको कुभिन्डेदेखि राम्दीसम्म ८० किलोमिटर रहेको छ । जस्मा तिरासीदेखि राम्दीसम्म रहेको सिद्धार्थ राजमार्ग सबैभन्दा बिग्रेकाले अस्तव्यस्त रहेको छ ।

राजमार्गले छोएका जिल्लाका सबै स्थानीय तहले सडक निर्माण तथा मर्मतका लागि बजेट विनियोजन गर्दछन् । संघ र प्रदेश सरकारले पनि सडकमा नै लगानी गरिरहेका छन ।

सरोकारवालाहरुको बजेट खर्च गर्ने ध्यान सडकमा नै भएको पाइन्छ तर सिद्धार्थ राजमार्गको अवस्थामा भने परिवर्तन नहुँदा यात्रा कष्टकर बन्दै गएको चालकको भनाइ छ ।

छिटै काम सकेर घर फर्कने योजना सहित हिडेकायात्रुहरु बिजोग अवस्थाको सडककै कारण समयमा काम समेत गर्न सकिरहेका छैनन् । सडकमा जमेको हिलो हटाउने गरी खाल्डाहरु पुरिदिएमात्रै पनि यात्रा सहज हुने यात्रुहरुको भनाइ छ । डेढ घण्टामा  सकिने यात्रा अहिले साढे तीन घण्टा भन्दा बढी लाग्ने गरेको छ ।

यतीमात्रै होइन बाटोको अस्तव्यस्तताले यात्रासमेत अनिश्चित हुने गरेको छ । अत्यावश्य काम लिएर निस्केका यात्रुहरु समयमा नै गन्तव्य सम्म पुग्न नसक्दा समस्यामा समेत पर्ने गरेका छन् ।

देशकै पुरानो मध्यको सिद्धार्थ राजमार्गको स्तरोन्नतिका बिषयमा सरोकारवालाले बेलैमा ध्यान पुर्‍याउन जरुरी भएको स्थानीयको सुझाव छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.