फिफाले भारतीय फुटबल महासंघमाथिको प्रतिबन्ध हटायो

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) बाट निलम्बन फुकुवा गरेको छ ।

स्विट्जरल्याण्डको जुरिचमा भएको फिफाको बैठकले भारतीय फुटबल महासंघमाथिको निलम्बन फुकुवा गरेसँगै अक्टोबर ११ देखि ३० सम्म आयोजना हुने फिफा यू–१७ महिला विश्वकप २०२२ लाई पूर्वनिर्धारित कार्यक्रमअनुसार भारतमा आयोजना गर्न सकिने भएको फिफाले जानकारी गराएको हो ।

“यसै सन्दर्भमा फिफाको कार्यकारी समिति, व्युरो अफ द काउन्सिलले २५ अगस्ट २०२२ मा एआईएफएफको निलम्बन तत्काल कार्यान्वयन हुने गरी फुकुवा गर्ने निर्णय गरेको थियो । यसले गर्दा सन् २०२२ को अक्टोबर ११ देखि ३० सम्म हुने फिफा यू–१७ महिला विश्वकप २०२२ भारतमा आयोजना गर्न सकिने फिफाले जनाएको छ ।

एआईएफएफलाई चुनाव गराउने दिशामा अपनाइने अर्को कदमहरूको सम्बन्धमा चाँडै नै थप पत्राचार गरिने फिफाले जनाएको छ । “फिफा र एएफसीले स्थितिको निगरानी जारी राख्नेछन् र एआईएफएफको समयमै निर्वाचन गर्न सहकार्य गर्नेछन्,” फिफाको विज्ञप्तिमा भनिएको छ ।

फिफाले एआईएफएफको कार्यकारी समितिको अधिकार ग्रहण गर्न गठन गरिएको प्रशासकहरूको समितिको म्यान्डेट समाप्त भएको र एआईएफएफ प्रशासनले एआईएफएफको दैनिक मामिलामा पूर्ण नियन्त्रण प्राप्त गरेको पुष्टि गरेपछि यो निर्णय लिइएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.