दोस्रो दिन पनि जबरामाथिको बयान जारी

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँगको दोस्रो दिनको बयान पनि सुरु भएको छ ।

बिहान ११ बजेदेखि सिंहदरवारस्थित कानून समितिको हलमा जबरासँगको बयान सुरु भएको महाअभियोग सिफारिस समितिका सदस्य एमाले सांसद डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो । ‘तोकिएको समयमै उहाँमाथि बयान सुरु भएको छ,’ उहाँले भन्नुभयो ।

समितिले बुधबार झण्डै चार घण्टासम्म बयान लिएको थियो ।

समितिका अर्का सदस्य प्रमोद साहका अनुसार जबराले दिएका जवाफमा कतिपय व्यक्तिहरुको नाम जोडिएकाले उहाँहरुसँग पनि बयान लिन सकिने बताउनुभभएको छ ।

निलम्बित प्रधानन्यायाधीश राणाका लागि बयान लिन समितिले ४३ वटा प्रश्न तयार तयार गरेको छ । बुधबार चार वटा प्रश्नमाथि मात्र छलफल भएको थियो ।

राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.