पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

पपुवा न्युगिनीमा आइतबार बिहान ७ः४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र ( सिईएनसि) ले जनाएको छ ।

यस केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ ।

भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन । तर भूकम्पले सडकहरुमा चिरा परेका छन भने मानिसहरु आत्तिएर घरबाट बाहिर निस्केको एपीले जनाएको छ।

बालबालिकाहरुले खाँदै गरेको खानेकुरा हातबाटसमेत तल झर्ने गरेर धक्का महसुस भएको एपीको समाचारमा उल्लेख छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.