साझा चुनौतीको समाधान गर्न ऐक्यबद्ध रुपमा लाग्नुपर्छः महासचिव गुटरेस

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले विश्वमा देखा परिरहेका विभिन्न साझा समस्या तथा चुनौतीहरुको समाधानाका लागि विश्वका देशहरु ऐक्यबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ ।

मङ्गलबार संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभाको उद्घाटनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले यस्ता समस्याको समाधानका साथै आगामी दिनमा पनि देखा पर्नसक्ने सबै प्रकारका चुनौतीहरुलाई समाधान गर्नका लागि सबै सदस्य राष्ट्रहरु एक भएर लाग्नुपर्ने बताउनुभयो ।

सो सभालाई सम्बोधन गर्दै महासचिव गुटरेसले यसअघिको ७६ औँ महासभाको उद्घाटनका क्रममा पनि हाम्रासामु धेरै प्रकारका चुनौतीहरुको पहिचान भएको थियो, तर ती अहिले पनि हामीसँगै छँदैछन् भन्नुभयो ।

ती समस्यालाई आगामी दिनमा सबैको समान प्रयासबाट समाधान निकाल्न सकिन्छ उहाँले भन्नुभएको छ । शान्ति, मानव अधिकार तथा जलवायु परिवर्तनका समस्याहरु हाम्रा सामु रहेकाले तिनको समाधानमा हामी सबै लाग्नुपर्छ उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.