सिरियामा डुंगा दुर्घटना हुँदा ७७ बढी आप्रवासीको मृत्यु

सिरियाको तटीय क्षेत्रमा भएको डुंगा दुर्घटनामा परी ७७ जनाभन्दा बढी आप्रवासीको मृत्यु भएको सिरियाली सरकारी संचार माध्यमले जनाएको छ ।

दुर्घटनापछि जिवितै उद्दार गरिएका २० जनाको सिरियाली शहर टार्टसमा उपचार भइरहेको जनाइएको छ । अधिकारीहरुका अनुसार डुंगामा लेबनानी,सिरियाली र प्यालेस्टाइनी नागरिक रहेका थिए । डुंगामा महिला,बालबालिका सहित १ सय २० जना देखि १ सय ५० जना रहेको अनुमान गरिएको छ ।

दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । डुंगा डुब्दा समुद्रमा डुबेकाहरुको खोज तथा उद्दार कार्य अझै पनि जारी छ । डुंगा लेबनानी बन्दरगाह सहर त्रिपोली नजिकैको सहर मिन्येहबाट साइप्रसका लागि प्रस्थान गरेको अधिकारीहरुले जनाएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.