पाल्पामा जिप दुर्घटना, ४ जना घाइते

पाल्पा- पाल्पामा जीप दुर्घटना हुदा ४ जना घाइते भएका छन् । बिहान साढे ४ बजेतिर बुटवलबाट यात्रु लिएर जुठापौवा हुँदै अर्घाखाँची जाँदै गरेको लु१ख १४३१ नम्बरको जिप रैनादेवी छहरा गाउँपालिकास्थित भैरव मावि छहराको निमार्णधिन भवन माथी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

११ जना यात्रु रहेको उक्त जिपमा सवार झापा जिल्ला टोपकासी गाउँपालिका ५ बस्ने ४४ वर्षीय कृष्णबहादुर राई, रैनादेवी छहरा-६ का २४ वर्षीय दिपक पुन, सोही स्थानका १९ वर्षीया हिरा पुन र ४१ वर्षीय छविलाल रास्कोटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए ।

राति १२ बजे बुटवलबाट जुठापौवाको लागी हिडेको जिप के कारणले दुर्घटना भयो भन्नेबारे खुलेको छैन । घाइतेहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.