बार्सिलोना इन्टर मिलानसँग स्तब्ध, १–० ले पराजित

क्याटलान क्लव बार्सिलोना इटालियन क्लव इन्टर मिलानसँग स्तब्ध बन्न पुगेको छ ।

यूइएफए च्याम्पियन्स लिग अन्तर्गत समूह बिको खेलमा बार्सा इन्टरसँग १-० गोल अन्तरले पराजित हुन पुगेको हो । इन्टरको घरेलु मैदानमा आज बिहान सम्पन्न खेलको पहिलो हाफको इन्ज्युरी समयमा सेण्टर मिड फिल्डर हकान क्यालहानुग्लुले फेडरिकोको पासमा एक मात्र निर्णायक गोल गर्दै इण्टरलाई जित दिलाएका थिए । यो जितसँगै इन्टर आफ्नो समूहमा दोस्रो स्थानमा उक्लिएको छ भने बार्सा तेस्रो स्थानमा रहन पुगेको छ ।

शीर्ष स्थानमा भने वार्यन म्युनिख रहेको छ । अन्य समूहहरुको खेलमा इङलिस क्लव लिभुरपुलले रेञ्जर्स माथि २-० गोलको जित निकाल्दा एट्लेटिको मड्रिड क्लब ब्रजसँग स्तब्ध भएको छ । त्यस्तै इटालियन क्लब नेपोलिले अजाक्स माथि ६-१ गोलको सानदार जित निकाल्दा टोटेनहम र फ्याङ्कफट भने गोलरहित बराबरीमा रोकिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.